सुनसरी-३ बाट एमालेकी भगवती चौधरी विजयी, विजय गच्छदारको संसद् प्रवेशमा ब्रेक

राष्ट्रपाटी न्युज

१३ मंसिर २०७९

सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी विजयी भएकी छिन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता विजय गच्छदारलाई पराजित गर्दै चौधरी विजयी भएकी हुन् ।

४० हजार ७८८ मत पाएर चौधरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गच्छदारले ३५ हजार ६०० मत ल्याए।

२०४८ सालदेखि निरन्तर चुनाव लडेर पटक-पटक मन्त्री बनेका गच्छदारलाई यसपटक संसद भवन प्रवेशमा ब्रेक लागेको छ ।

गच्छदारसँग लगातार दुईपटकसम्म झिनो मतान्तरले पराजित भएकी चौधरी यसपटक भने विजयी भइन् ।


Published :१३ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media