प्रतिनिधिसभाका सम्पूर्ण विधेयक निष्क्रिय

राष्ट्रपाटी न्युज

१४ मंसिर २०७९

काठमाडौँ । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले संघीय संसद्मा दर्ता भएका विधेयकमध्ये केही निस्क्रिय भइसकेको र केही भने विचाराधीन अवस्थामा रहेको बताएका छन् । उनले प्रतिनिधिसभामा उत्पादित भएर प्रक्रियागत रूपमा रहेका र प्रतिनिधिसभामा विचाराधीन रहेका विधेयकहरू सबै निष्क्रिय भइसकेको बताएका हुन् ।

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले संघीय संसदमा दर्ता भएका विधेयकमध्ये केही निस्क्रिय भइसकेको र केही भने विचाराधीन अवस्थामा रहेको बताएका छन् । उनले प्रतिनिधिसभामा उत्पादित भएर प्रक्रियागत रूपमा रहेका र प्रतिनिधि सभामा विचाराधीन रहेका विधेयकहरू सबै निष्क्रिय भइसकेको बताएका हुन् ।

उनले राष्ट्रियसभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका विधेयकहरू भने अधिवेशन शुरु भएपछि सोही अवस्थाबाट शुरु हुने बताए । धमलाका अनुसार राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रियसभामा नै विचाराधीन रहेका विधेयकहरू १२ वटा छन् । उनले राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका बाहेकका विधेयकहरू भने निष्क्रिय भइसकेको बताए ।

उनले यदि सरकारले तिनै विधेयकहरू ल्याउन चाहेको खण्डमा भने फरक ढंगले ल्याउनु पर्ने र ती विधेयकहरूको पुनः नयाँ प्रक्रिया (शून्यबाट) शुरु हुने बताए ।


Published :१४ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media