काठमाडौँमा एकैदिन ३८ सवारी चालक कारबाहीमा

राष्ट्रपाटी न्युज

१६ मंसिर २०७९

काठमाडौँ । काठमाडौँ उपत्यकामा एकै दिन ३८ सवारी साधन कारवाहीमा परेका छन् ।

काठमाडौँको बबरमहलमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका तथा अत्यधिक धूँवा फाल्ने ३८ वटा सवारी साधनका चालकलाई कारवाही गरिएको हो ।

अत्यधिक धूँवा फाल्ने १३ वटा  र यान्त्रिक अवस्था ठिक नभएका तथा धूँवा समेत फाल्ने २५ वटा सवारी साधन कारवाही परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

बबरमहलमा ५४ वटा सवारी साधन चेक गर्दा ३८ वटा कारवाहीमा परेका हुन् । सवारी साधन मर्मतपछि तोकिएको जरिवाना तिरेपछि नियन्त्रणमा लिएका कागजपत्र फिर्ता गरिने प्रहरीले जनाएको छ ।


Published :१६ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media