थाहा पाउनुहोस् आगामी तीन दिनको मौसमी विवरण

राष्ट्रपाटी न्युज

१८ मंसिर २०७९

काठमाडौं । नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

दिउँसो बागमती प्रदेश, मधेश प्रदेशलगायत लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरुमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । सोमबार प्रदेश १ को पहाडी भू-भाग र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

मंगलबार प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी  भू-भाग र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाई छ। महाशाखाले तराई भू-भागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।


Published :१८ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media