सन्तनेता भट्टराईको ९८औं जन्मोत्सवमा आयोजित महापुराणमा प्रम देउवा सहभागी

राष्ट्रपाटी न्युज

१९ मंसिर २०७९

काठमाण्डौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सन्तनेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मोत्सवको अवसर पारेर आयोजित भागवत महापुराण यज्ञमा सहभागी भएका छन् ।

सोमबार ललितपुरको बाँडेगाउँस्थित सन्तनेता स्वर्गीय भट्टराईको निवासमा आयोजित सो महायज्ञमा प्रधानमन्त्री देउवाले सहभागिता जनाएका हुन् । सो अवसरमा उनले महायज्ञमा पूजापाठ गरी प्रसाद ग्रहण गरेका थिए । उनले नेता भट्टराईको शालिकमा माल्यार्पण समेत गरे ।

महायज्ञमा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, पूर्वमन्त्री सरदसिंह भण्डारीलगायतका नेताहरुको उपस्थिति रहेको थियो । नेपाली काँग्रेसका संस्थापक नेता, पूर्वप्रधानमन्त्री एवम् नेपालको पहिलो सभामुख भट्टराईलाई नेपाली राजनीतिका सादा जीवन र उच्च विचारको नेताको रुपमा लिइन्छ । उनको राजनीतिसँगै आध्यात्मिक क्षेत्रमा पनि विशेष रुचि रहेको थियो ।


Published :१९ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media