सरकार गठनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा

राष्ट्रपाटी न्युज

१९ मंसिर २०७९

काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा चुनावपछि पहिलो पटक औपचारिकरुपमा बस्न लागेको बैठकमा निर्वाचनको मतपरिणामको समीक्षा र नयाँ सरकार गठनबारे छलफल हुने छ।

बैठकमा नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, पार्टी उपसभापति पूर्णबहादुर खड्का र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।

त्यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र महासचिव बेदुराम भुसाल सहभागी छन् भने जनमोर्चाबाट दुर्गा पौडेल सहभागी छन् ।

गठबन्धनका शीर्ष नेताहरूबीच अनौपचारिक छलफल भए पनि आजको बैठकले सरकार गठनका लागि ठोस निर्णय गर्ने बताइएको छ ।

मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५७ निर्वाचन क्षेत्रमा जित हासिल गरी पहिलो दल बनेको छ। नेकपा एमालेले ४४ स्थानमा विजयी भइ दोस्रो र माओवादी केन्द्र १८ स्थानमा जित हात पारेको छ । एकीकृत समाजवादी १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक स्थानमा विजय प्राप्त गरेका छन् ।


Published :१९ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media