कोलम्बियामा पहिरोमा पुरिएर ३३ जनाको मृत्यु, नौजनाको जीवितै उद्धार

राष्ट्रपाटी न्युज

२० मंसिर २०७९

काठमाडौं । कोलम्बियामा पहिरोमा पुरिएर ३३ जनाको मृत्यु भएको छ। नौ जनाको जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये चार जनाको अवस्था गम्भीर छ ।

राजमार्गमा पहिरो खस्दा बस, मोटरसाइकललगायत सवारी साधन पुरिएका तथा तिनमा यात्रारत तीनजना बालबालिकासहित ३३ जनाको ज्यान गएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

पहिरोले राजमार्गमा सवारीसाधन पुरेको सूचना पाउनेवित्तिकै देशको जोखिम व्यवस्थापन इकाइ र यातायात मन्त्रालयका कर्मचारीका साथै प्रहरी र सेनालाई उद्धारमा खटाइएको थियो ।

राजमार्गका केही भागमा पहिरो पन्छाउनुपर्ने भएकाले उद्धार तथा मृतकको खोजी जटिल भएको छ ।


Published :२० मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media