काठमाडौं । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई सर्वोच्च छिर्न नदिन बारका कानुन व्यवसायीहरू गेटमा बसेका छन् । राणालाई प्रवेश नदिने नेपाल बार एशोसिएशनको निर्णयसँगै बार वकिलहरू अवरोधका लागि गेटमा पुगेका हुन् ।
संसद सचिवालयका महासचिवले महाअभियोग निस्प्रभावी बनेको पत्र दिएपश्चात राणा सर्वोच्च आउने तयारीमा छन् । यसलगत्तै बारको बैठक बसेको थियो ।
महाभियोग निष्क्रिय पार्ने निर्णय गैरकानुनी भएको बारको निष्कर्ष समेत निकालेको छ । सार्वभौम संसद्को क्षेत्राधिकारमाथि हस्तक्षेप भएको उसको जिकिर छ ।
सर्वोच्च परिसरमा अहिले वकिलहरुको बाक्लो उपस्थिति हुन थालेको छ ।
जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले गत वर्षको फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए ।