प्रन्या जबराको निवासअघि तैनाथ सुरक्षाकर्मी पछि हट्यो, सर्वोच्च जान नरोक्ने सरकारको संकेत

राष्ट्रपाटी न्युज

२१ मंसिर २०७९

काठमाडौं । सरकारले प्रधानन्यायाशीश चोलेन्द्र शमशेर राणालाई सरकारी निवासबाट सर्वोच्च अदालत जान नरोक्ने संकेत गरेको छ ।

बुधबार संघीय संसद सचिवालयले राणालाई महाभियोग प्रस्ताव निस्प्रभावी भएको पत्र पठाएपछि प्रधानन्यायाधीश निवास अघि तैनाथ सुरक्षाकर्मी पछि हटेका छन् ।

गेटअघि बाक्लो संख्यामा खटिएको प्रहरी टोली हटेपछि सरकारको जबरालाई नरोक्ने संकेत दिएको अनुमान छ ।

यता, प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत आउने भएपछि नेपाल बार एशोसिएसनले सर्वोच्चको गेटमै धर्ना थालेको छ । बुधबार संसद् सचिवालयले प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र पठाएपछि जबरा सर्वोच्च फर्किने तयारीमा छन् ।

राणाको उक्त तयारीसँगै कानुन व्यवसायीहरूले सर्वोच्चमा धर्ना थालेका हुन् । धर्नामा नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत सहभागी रहेका छन् ।


Published :२१ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media