भारतीय राजदूतद्वारा राजनीतिक भेटघाट तीव्र

राष्ट्रपाटी न्युज

२२ मंसिर २०७९

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राजनीतिक दलका शीर्ष नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन् ।

निर्वाचनको मतगणना जारी रहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवाबाट भेटघाट सुरू गरेका श्रीवास्तवले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोट पुगेर भेटवार्ता गरे ।

निर्वाचन आयोगले चुनाव सम्पन्न भएका दुवै तह प्रदेशसभा र प्रतिनिधिसभाको अन्तिम मत परिणाम सार्वजनिक गरे पनि दलहरूले समानुपातिकतर्फ जाने सांसदको सूची अझै बुझाइसकेका छैनन् ।

अहिले गठबन्धन र राजनीतिक दलहरूबीच चुनावी समीक्षा चलिरहेको छ भने नेताहरू नयाँ सरकार गठनका लागि सत्ता समीकरणका विषयमा समेत अनौपचारिक छलफलमा व्यस्त छन् । यही बेला भारतीय राजदूत श्रीवास्तवको दौडधुप बढेको छ । नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप हुन्छ भन्ने गरिएकाले भारतीय राजदूतको अहिलेको सक्रियतालाई चासोका साथ हेरिएको छ ।


Published :२२ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media