फेरि उकालियो सुनचाँदीको भाउ

राष्ट्रपाटी न्युज

२२ मंसिर २०७९

काठमाडौ । नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । जसअनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा ९९ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९९ हजार २०० रुपैयाँ कायम भएको छ ।

बुधबारको कारोबारमा सुनको मूल्य स्थिर रहेको थियो । सो दिन छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी मूल्य स्थिर रहेको थियो । सो दिन चाँदी १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।


Published :२२ मंसिर २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media