एमाले सचिवालय बैठक स्थगित

राष्ट्रपाटी न्युज

२३ मंसिर २०७९

काठमाडौं । शुक्रबारका लागि बोलाइएको नेकपा एमाले सचिवालय बैठक स्थगित भएको  हो । बैठक भोलि बिहान ११ बजे बस्ने भएको छ।

आजका लागि बोलाइएको बैठक स्थगित गरिएको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्।

बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुने जनाइएको थियो।

निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ।

एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।


Published :२३ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media