डा. भट्टराई पराजित भएपछी काठमाडौं -४ एमालेमा सन्नाटा, आरोप प्रत्यारोपको क्रम चल्दै

राष्ट्रपाटी न्युज

२५ मंसिर २०७९

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर – ४ मा नेकपा एमालेका उम्मेदवार डा राजन भट्टराई पराजित भएपछी नेकपा एमाले भित्र सन्नाटा छाएको छ। अघिल्लो निर्वाचनमा पनि डा भट्टराई नेपाली कांग्रेसका उम्मेदवार गगन थापासंग पराजित भएका थिए। तत्कालिन अबस्थामा पार्टी भित्र अन्तर्घात भएको आरोप समेत लगाईएको थियो। नेकपा एमालेबाट प्रदेश २ का प्रदेश सदस्य उम्मेदवार कुशुम कुमार कार्की फरक गुटका भएका कारण डा भट्टराईलाइ हराउन भूमिका खेलेको भन्ने आरोप समेत लगाइएको थियो। समयक्रम अनुसार अहिले कार्की एमालेको बिभाजन पछि नेकपा एस मा छन् भने काठमाडौं क्षेत्र ४ (२) मा गठबन्धनको तर्फबाट उम्मेदवार भएपनि पराजित भएका छन् ।

तर यसपटक परिश्थिति फरक भएको र राजन भट्टराईले चुनाव जित्ने एमाले वृतमा अड्कल बाजी हुने गरेको थियो। चुनावमा पराजित भएपनि ठुलो बजेट क्षेत्रमा ल्याउन सफल भएको, कपन बाढी समस्या समाधान उन्मुख बनाएको , एउटा विद्वान व्यक्तित्व तथा गगन थापाको अनावश्यक एम सी सी मोह रहेको कारण यो पटक चुनाव जित्ने अड्कल गरिएको थियो।

यो पटक प्रदेश २ का उम्मेदवार जयराम थापाले डा भट्टराई भन्दा कम भोट ल्याउने र प्रदेश २ बाट भट्टराईले भारि मत (करिव २०००) अन्तरले लिड गर्ने अनुमान गर्दै स्वयम् डा भट्टराईलाइ रिपोर्टिंग गर्नेहरु पनि प्रशस्तै थिए। कति त जयराम थापालाई असहयोग गर्ने या पक्कै हार्छ भन्दै अनुमान गर्दै हिड्नेहरु पनि थिए । जयराम थापा कमजोर उम्मेदवार भन्दै बिपक्षी उम्मेदवारको खुलेआम प्रशंसा गर्ने पनि भेटिएका थिए। तर जयराम थापाले चुनाव जितेपछि माला लगाउन सबै भन्दा पहिला उनीहरु नै पुगेको एमालेका एकजना जिल्ला कमिटि सदस्यले बताएका छन्।

डा भट्टराईलाइ प्रदेश क्षेत्र १ ले पनि यो पटक राम्रो झुक्काएको बताइएको छ। डा भट्टराईको आफनै वडा महानगर ७ मा यो पटक सुधार हुने र एकीकृत समाजबादीको एउटा पंक्ति समेत प्रवेश गरेकाले सहज हुने रिपोर्टिंग गरिएको थियो। अन्य वडाको हकमा पनि धेरै कांग्रेसहरु गगनसंग असन्तुष्ट रहेको र यो पटक प्रदेश क्षेत्र १ मा पनि गगनको धेरै लिड नहुने अनुमान गरिएको थियो।

त्यति मात्र होइन बूढानिलकन्ठ नगरपालिका वडा नम्बर १० मा रहेको कार्की व्याँकेट्समा माओबादी लगायतबाट एमालेमा प्रवेश गर्नेको लहर नै चलेको जस्तो देखिएको थियो। तर सबै अनुमानका बाबजुत सबै वडामा डा भट्टराईले ठुलो मतान्तरले पराजय बेहोर्नु परेको छ।

यसै सन्दर्भमा नेकपा एमाले काठमाडौं – ४ को समिक्षा बैठकमा समेत घात अन्तर्घातको बिषयमा छलफल भएको बताइएको छ। सो बैठकमा डा. राजन भट्टराईले जिम्मेवार नेताहरुले नै असहयोग गरेको भन्दै आक्रोस ब्यक्त गरेको र प्रदेस सभा सदस्य थापाले असहयोगका साथै नेताहरु ,जनप्रतिनिधि र वडा कमिटीहरुका जिम्मेवार व्यक्तिहरु समेत आर्थिक चलखेलमा लागेको हुनसक्ने भन्दै कडा प्रतिक्रिया दिएका थिए ।
आफूहरुलाइ लगाइएको आरोप गलत भएको भन्दै एमाले नेता उद्वव खरेल र बिदुर बिक्रम खड्काले प्रतिवाद गर्दै आबश्यक परे छानविनको लागि समिति गठन गर्न चुनौती समेत दिएको बताइएको छ ।

 


Published :२५ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media