सुनचाँदीको मूल्यमा गिरावट

राष्ट्रपाटी न्युज

२६ मंसिर २०७९

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २०० रुपैयाँ कायम भएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्यसँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १३९० रुपैयाँमा कारोबार भइरहेको छ ।


Published :२६ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media