अदालतका दोषीलाई माफी दिने प्रयास लोकतान्त्रिक मर्मको उपहासः शेखर कोइराला

राष्ट्रपाटी न्युज

२६ मंसिर २०७९

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्यादेशमार्फत कानुन संशोधन गरी अदालतले दोषी ठहर्‍याएका रेशम चौधरीलाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास भएको बताएका छन् ।

साथै उनले आफू अनुकूलको राजनीतिक सहजताको लागि कानूनलाई बङ्ग्याउने छुट कसैलाई नभएको समेत बताएका छन् ।

अध्यादेशमार्फत् कानून संशोधन गरी अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गर्न नमिल्ने उनको भनाइ छ ।

सरकारले ल्याउन लागेको अध्यादेशबारे उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्- ‘अध्यादेशमार्फत कानून संशोधन गरी अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गरिनु कानूनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो । आफू अनुकूलको राजनीतिक सहजताका लागि कानूनलाई बङ्ग्याउने छुट कसैलाई छैन ।’

 


Published :२६ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media