प्रदेश नम्बर-१ मुख्य मन्त्रीका सल्लाहकार जीवन राइ माथि लाग्यो गम्भीर आरोप

राष्ट्रपाटी न्युज

२६ मंसिर २०७९

काठमाडौं। प्रदेश नम्बर-१ का बर्तमान मुख्य मन्त्री राजेन्द्र राइका राजनीतिक सल्लाहकार जीवन राइ माथि गम्भिर आरोप लागेको छ। तत्कालिन नेकपा एमाले र माओबादी केन्द्र बीच एकता भै नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) बनेर बिभाजन भएपछि राइले नै नेकपा (समाजबादी ) नामक पार्टी गठन गरि निर्वाचन आयोगबाट चुनाव चिन्ह कलम लिएका थिए। पछि एकीकृत समाजबादीसंग पार्टी एकता गरि राइलाइ केन्द्रिय सदस्य बनाएर एकीकृत समाजबादीले कलम चुनाव चिन्ह लिएको थियो। त्यस पछि प्रदेश नम्बर-१ को सरकार परिवर्तन भै राजेन्द्र राइ मुख्य मन्त्री बनेपछि उनि मुख्य मन्त्रीको प्रमुख राजनीतिक सल्लाहाकार बनेका थिए ।

यसै बीच उनै जीवन राइ माथि नेकपा एमाले कि नेत्री मेनका पछाईले गम्भीर आरोप लगाएकी छिन्। तत्कालिन अबस्थामा नेकपा एमालेको जनबर्गिय संगठन अनेरास्ववियुमा सक्रिय राजनीति गर्दा २१ औ महाधिवेशनमा भएको घटनालाइ उनले बिशेष रुपमा उठाउंदै आफूलाई षडयन्त्र पुर्वक ३ भोटले हराएर जीवन राइलाइ जिताइएको गम्भीर आरोप लगाएकी हुन् । आफूलाई राजनीतिक रुपमा अवसर नदिएर अन्याय गरिएको बिषय उठान गर्दै उनले यो आरोप लगाएकी हुन्। उक्त महाधिवेशनको दौरान मतगणना हुँदा पहिला अनुशासन आयोगको अध्यक्षको रुपमा बिजयी भएको भन्दै अविर खादा सहित पछाईको पक्षमा विजय जुलुस निक्लेको थियो। तर मतगणना समापन हुँदा जीवन राइ बिजेता घोषित भएका थिए।

यस बिषयमा राष्ट्रपाटी डट कम संग विशेष प्रतिक्रिया दिंदै सल्लाहकार राइले आफूले ३ भोटले नभई ३० भोट ले जितेको भन्दै आरोपको प्रतिवाद गरेका छन्। उनले नेत्री पछाईसंग कुनै राजनीतिक द्वेष नरहेको भन्दै भेटेर संगै चिया पिउने इच्छा समेत व्यक्त गरेका छन्।

 


Published :२६ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media