पुस ५ गते एमालेका प्रतिनिधि र प्रदेशसभामा निर्वाचित सांसदहरुको भेला

राष्ट्रपाटी न्युज

२९ मंसिर २०७९

काठमाडौँ । नेकपा एमालेले पार्टीबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदहरुको भेला बोलाएको छ । पुस ५ गते काठमाडौँको कमलादीमा भेला आयोजना गरिएको एमाले नेता तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

उनले प्रतिनिधि सभासहित सातै प्रदेशका सांसदहरुलाई भेलामा सहभागिताका लागि पत्राचार गरिएको बताए। भेलामा सहभागीहरुलाई पार्टीका शीर्ष नेताहरुले प्रशिक्षण दिने बुझिएको छ ।

नेकपा एमालेबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ जना निर्वाचित भएका छन् भने प्रदेश सभामा दुवै निर्वाचन प्रणालीबाट १६१ जना निर्वाचित भएका छन्। यो सहित प्रतिनिधि सभा र प्रदेश सभामा एमालेका जम्मा २३९ जना सासद रहेका छन् ।

निर्वाचन आयोगले पुस ३ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरुलाई निर्वाचित भएको प्रमाणपत्र दिने कार्यक्रम आयोजना गरेको छ ।


Published :२९ मंसिर २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media