अध्यादेशविरुद्ध अभिव्यक्ति दिएर गगनले द्वैध चरित्र देखाएः माओवादी नेता मोदी

राष्ट्रपाटी न्युज

२९ मंसिर २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदीले सरकारले सिफारिस गरेको अध्यादेशको विरोध गरेर गगन थापाले द्वैध चरित्र देखाएको आरोप लगाएका छन् ।

थारु कल्याणकारी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समितिले बिहीबार काठमाडौंमा आयोजना गरेको अध्यादेश प्रमाणीकरण विषयक अन्तक्रियामा मोदीले टीकापुर पुगेर थारूलाई अन्याय पर्‍यो विद्रोह भयो भनेर थापाले यसअघि बोलेको तर अहिले अध्यादेशको विरोध गरेर दोहोरो चरित्र देखाएको आरोप लगाए ।

पाउने बेला राम्रोसँग व्याख्या गर्ने र दिनुपर्ने बेला अपराधीकरणको व्याख्या भइरहेको उनको गुनासो छ । थारूलगायत उत्पीडित वर्गहरू अन्यामा परेको भन्दै राज्यले अध्यादेश ल्याउँदा विरोध हुनु दुःखद भएको उनले बताए ।

मोदीले यसअघि एमाले सरकारले ल्याएको कुनै पनि अध्यादेश राष्ट्रपति कार्यालयबाट तुरुन्तै प्रमाणीकरण भए पनि अहिले सरकारले अघि सारेको अध्यादेश प्रमाणीकरण नहुनुले राजनीतिक रंग हाबी भएको देखिएको तर्क गरे ।  मोदीले अहिले टीकापुरको घटनामात्रै नभएर देशभरि उठेको मागलाई सम्बोधन गराउने प्रयास जारी रहने जिकिर गरे ।


Published :२९ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media