काठमाडौं । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्न संवादलाई अघि बढाउने निर्णय गरेको छ ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले संसदको ठूलो दलको हैसियतले आफ्नै नेतृत्वमा सरकार गठनका लागि सत्ता गठबन्धनका दलसँग संवादलाई अघि बढाउने निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । गठबन्धनमा कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा रहेका छन् ।
यस्तै बैठकले सातै प्रदेशमा संसदीय दलको नेता चयनका लागि प्रदेश कार्य समितिलाई निर्देशन दिने निर्णय गरेको छ।
बैठकले संसदीय दलको नेता चुन्न सहमहामन्त्री भीष्मराज याङदेम्बेको नेतृत्वमा निर्वाचन समिति गठन गरेको छ ।