काठमाडौं । शेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से १४.२२ अंकले बढेर १८७१.११ विन्दुमा अडिएको छ ।
अघिल्लो कारोबार दिन सोमबार नेप्से ३.८३ अंकले बढेर १८५८.८९ विन्दुमा बन्द भएको थियो । नेप्से बढेसँगै कारोबार रकममा सोमबारको तुलनामा वृद्धि भएको छ ।
आज २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता सेयर ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँमा खरिदबिक्री भयो ।
तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ। आधीखोला लघुवित्त वित्तीय,सिर्जनशील लघुवित्त वित्तीय र धवलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
मंगलबार कारोबार रकमका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा रह्यो । सो कम्पनीको ६ करोड ३८ लाख ८७ हजार मूल्य बराबरको सेयर कारोबार भयो ।
कारोबारमा आएका १३ वटै समूहको सूचक सकारात्मक देखिएका छन् । होटल्स एन्ड टुरिजमको सूचक सर्वाधिक २.४० प्रतिशतले बढ्दा अदर्शको २.३१ प्रतिशतले बढ्यो ।