काठमाडौं । सेयर कारोबारको अन्तिम दिन आज सेयर बजार झिनो अंकले घटेको छ । नेप्से परिसूचक ०.०१ अंकले घटेर १८६१.२१ विन्दुमा अडिएको छ ।
नेप्से घटे पनि सेयर कारोबार अघिल्लो कारोबार दिन बुधबारभन्दा बढेको छ।
यसदिन १ अर्बमाथिको सेयर कारोबार भएको छ। बुधबार ८६ करोड बराबरको सेयर खरिदबिक्री भएको थियो।
२४७ कम्पनीको ३१ लाख ११ हजार८३३ कित्ता सेयर १ अर्ब ११ करोड ९७ लाख ७ हजार ९२१ रुपैयाँको सेयर कारोबार भयो।
दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लाग्यो। सिर्जनशील लघुवित्त वित्तीय र धवलागिरि लघुवित्त वित्तीयको सेयर मूल्य १० प्रतिशतले बढेको हो।
यस्तै आदर्श लघुवित्त र कालिका पावर कम्पनीको सेयर मूल्य ८ प्रतिशत बढिले बढ्यो ।
आज ११ समूहको सूचक नकारात्मक देखिएका छन्। होटल्स एन्ड टुरिजम समूहको सूचक सर्वाधिक २.२८ प्रतिशतले घटेको हो।
बैंकिङ, म्युचुअल र अदर्श समूहको सूचक उकालो लागेको हो ।
आर्दश समूहको सूचक २.०४ प्रतिशतले बढेको हो ।