काठमाडौं । छापावाल सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ। अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा आज १२ सय रुपैयाँले घढेको हो ।
बिहीबार प्रतितोला १ लाख १ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय कायम गरिएको छ ।
यस्तै चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला ११९०रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।