बारामा गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु  

वीरगन्ज । गोली प्रहारबाट बारामा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

शुक्रबार साँझ गोली प्रहारबाट बिहारको घोरासहन पिपरा घर भएका ४५ वर्षीय शिव पुजन यादवको मृत्यु भएको हो । महागढीमाइ नगरपालिका बरियारपुरस्थित भुतही पुल नजिक चिया पसलमा बसिरहेका बेला मोटरसाइकल सवारमा दुई अपरिचित व्यक्तिले गोली प्रहार गरी भागेका थिए ।

कोखामा एक राउन्ड गोली लागेका उनको बाराको एलएस न्युरो अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृतक घोषणा गरेका प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।


Published :८ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media