देउवा र प्रचण्डको वान टु वान वार्ता, गठबन्धन बैठक पनि आजै बस्दै

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले छलफल भइरहेको छ । नेताद्वयबीच मात्र वान टु वान वार्ता भइरहेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीचको वार्ता जारी रहेको स्रोतले जानकारी दियो । नयाँ सरकारको नेतृत्वका लागि यी दुवै नेताले पहल गरिरहेका छन् ।

आजै बालुवाटरमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक पनि बस्ने बताइएको छ ।

गठबन्धनभित्र कांग्रेस र माओवादी केन्द्रका नेताले पहिलो चरण अर्थात् अब दुई वर्षका लागि सरकारले नेतृत्वमा दाबी गरिरहेका छन् ।


Published :१० पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media