“कांग्रेससहितको गठबन्‍धन सरकार बन्ने सम्भावना समाप्त”

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ ।

गठबन्धन छोडेर नेकपा एमालेसँग सम्वाद गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट गएपछि एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको हो ।

बैठकअघि अध्यक्ष माधवकुमार नेपालले कांग्रेस नेतृत्वको गठबन्धनबाट सरकार बन्ने संभावना सकिएको ब्रिफिङ गरेका छन् । ‘हामी अब के गर्ने भन्नेबारे निर्णय लिन बैठक बसिरहेका छौं’, एक नेताले भने ।

कांग्रेस नेतृत्वको गठबन्धनमा सत्ता भागबण्डामा सहमति जुट्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफलमा जुटेका छन् । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका नेता अशोक राईसहित शीर्ष नेताहरु सहभागी भएका छन् ।


Published :१० पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media