रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने पक्का भएको हो ।

रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराका अनुसार लामिछानेले गृहमन्त्रालय पाउने निश्चित भएको हो ।
यसअघि सभापति रविले आफू सरकारमा सहभागी हुने पक्का भएको जानकारी दिँदै मन्त्रालय टुंग्याउने जिम्मा भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको बताएका थिए ।

२० सिटसहित संसदको चौथो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दै सरकारमा सहभागी हुन लागेको हो ।

एमाले–माओवादीसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले सोमबार पद तथा गोपनीयताको शपथ लिँदै छन् । प्रधानमन्त्रीको शपथलगत्तै केही मन्त्रीको पनि शपथको तयारी छ ।


Published :११ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media