काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बैठक आह्वान गर्नुभएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले पुस २५ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गर्नुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै संसद बैठक आह्वान हुने बताएका थिए । गत पुस ७ गते संसदका ज्येष्ठ नागरिक पशुपति शम्शेर राणाले नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाएका थिए ।