क्रिकेटर लामिछानेविरुद्ध आरोप लगाउने किशोरीको जन्मसम्बन्धी प्रमाण अस्पतालबाट झिकाउनूः अदालत

काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोप लगाउने किशोरीको जन्मसम्बन्धी प्रमाण अस्पतालबाट झिकाउन आदेश दिएको छ ।

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले किशोरीको उमेर विवाद निरुपण गर्न अस्पतालबाट कागजात झिकाउन आदेश दिएको सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए ।

अदालतले क्रिकेटर देव खनाल र किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बकपत्रका लागि पनि बोलाउन आदेश दिएको छ । मंगलबार जाहेरवाला, सरकारी साक्षी र सन्दीप लामिछानेका साक्षीको अदालतले वयान लिएको छ ।


Published :१२ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media