काठमाडौं । आज बुधबार दिउँसो प्रदेश १ को हिमाली क्षेत्रमा हिमपात हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ को हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
बुधबार रातको समयमा पनि प्रदेश १ कै हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।