शेयर बजारमा ११ अंकको गिरावट, कारोबार रकम २ अर्ब १५ करोड

काठमाडौं । आइतबार, सोमबार र मंगलबार तीनदिन लगातार बढेको सेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको हो । नेप्से परिसूचक ११.८१ अंकले घटेर १९२७.१५ विन्दुमा अडिएको छ । नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज २ अर्ब १५ करोड रुपैयाँको सेयर कारोबार भयो ।

यसअघि सोमबार नेप्से परिसूचक ५६.८६ अंकले बढेर १९२४ विन्दुमा पुगेको थियो।  सो दिन २ अर्ब ९ करोड बराबरको सेयर कारोबार भएको थियो। कारोबारको तेस्रो दिन मंगलबार नेप्से ५९.८७ अंकले बढेर १९८३.९५ विन्दुमा पुगेको थियो । सो दिन ३ अर्ब ८८करोड ४३ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो ।

बुधबार २५७ कम्पनीको ६५ लाख ३० हजार ४१५ कित्ता सेयर २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २०७ रुपैयाँ बराबरको सेयर कारोबार भयो। ३९ हजार ६६० पटक सेयर कारोबार भयो ।

यसदिन कारोबारमा आएका १३ समूहमध्ये ५ समूहको बढ्यो भने ८ समूहको घट्यो।  फाइनान्स, हाइड्रोपावर, लाइफ इन्स्योरेन्स, म्युचुअल फन्ड र नन लाइफ इन्स्योरेन्स समूहको सूचक बढेको हो।

आज ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा नवील बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ८ करोड ८५ लाख मूल्य बराबरको सेयर खरिदबिक्री भयो।

यस्तै, ८ करोड ४९ लाख मूल्यको सेयर कारोबार गरी रिडी पावर कम्पनी दोस्रो स्थानमा रह्यो ।


Published :१३ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media