अनुगमन गर्न गृहमन्त्री लामिछाने राहदानी विभागमा

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेका छन् । गृहमन्त्री लामिछाने अनुगमनका लागि राहदानी विभाग पुगेका हुन् ।

सर्वसाधारणले सेवा लिन लामो लाइन लाग्नुपर्ने कार्यालयमध्ये राहदानी विभाग पनि एक हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानी र सवारी चालक अनुमतिपत्र लिन लामो लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य निर्णय गरेको थियो ।

राहदानी विभागबाट पासपोर्ट बनाउन सेवाग्राहीले अत्यधिक सास्ती भोगिरहेका छन् । जिल्लाबाट बनाउँदा महिना दिन लाग्ने भएपछि सेवाग्राहीहरू द्रूत सेवा लिन काठमाडौं आउने गरेका छन् ।


Published :१३ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media