प्रभु साहको नेतृत्वमा आम जनता पार्टी स्थापना

काठमाडौं । प्रभु साहको नेतृत्वमा आम जनता पार्टी स्थापना गरिएको छ । माओवादी, एमाले हुँदै स्वतन्त्र बनेका साहको नेतृत्वमा ५१ सदस्यीय तदर्थ समिति गठन भएको हो । स्वतन्त्र उम्मेदवार जिताउ अभियानलाई पार्टीमा रुपान्तरण गरिएको साहले बताए ।

नवगठित पार्टीले प्रदेश अध्यक्ष, इन्चार्ज र जनवर्गीय संगठनको जिम्मेवारीसमेत तोकेको छ ।

जसअनुसार प्रदेशको अध्यक्षमा हरिप्रसाद पोखरेल र इन्चार्जमा रामप्रित राम, मधेसको अध्यक्षमा श्रीचन मुखिया र इन्चार्जमा उपेन्द्र साह, बागमतीको अध्यक्षमा नाम्गेल मोक्तान र इन्चार्जमा बद्रीप्रसाद न्यौपाने, गण्डकीको अध्यक्षमा राजन यादव ‘मनोज’ र इन्चार्जमा ब्रदीप्रसाद न्यौपाने, लुम्बिनीको अध्यक्षमा परमानन्द वर्मा र इन्चार्जमा रिता देवी यादव, कर्णालीको अध्यक्षमा सियाराम कुश्वाहा र इन्चार्जमा उपेन्द्र साह र सुदूरपश्चिममा केशवराय चौधरी अध्यक्ष र इन्चार्जमा कुन्दन कुश्वाहालाई जिम्मेवारी तोकेको छ ।

त्यस्तै जनवर्गीय संगठनतर्फ आइटी आर्मीको अध्यक्षमा चन्द्र भुषण साह, इन्चार्ज प्रभु साह, आम दलित मोर्चामा चन्देश्वर बैठा र इन्चार्जमा रामप्रित राम, आम महिला मोर्चाको अध्यक्षमा कान्ति महतो र इन्चार्जमा करिमा बेगम, आम विद्यार्थी मोर्चाको अध्यक्षमा विवेक साह र इन्चार्जमा उमेश कुश्वाहा र आम किसान मोर्चाको अध्यक्षमा किताब तामाङ र इन्चार्जमा कुन्दन कुश्वाहालाई जिम्मेवारी तोकेको छ ।


Published :१४ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media