तमु ल्होसार सामाजिक सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने एक विशिष्ट पर्वः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताएका छन् ।

नेपाली तमु र दुरा समुदायले पुरानो ल्हो (वर्ष)को बिदाइ र नयाँ ल्हो (वर्ष)को स्वागतका रुपमा मनाउने ल्होसार पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने एक विशिष्ट पर्वका रुपमा ल्होसार स्थापित रहेको बताएका छन् ।

उनले ल्होसारको शुभकामना दिँदै स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना व्यक्त गरेका छन् ।

विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा साँस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण हुन भन्दै उनले ल्होसार पर्वले सामाजिक सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने बताएका छन् ।

शुभकामना प्रधानमन्त्री प्रचण्डले यस्ता पर्वहरुले नेपालीबीच आपसी सम्बन्ध सुदृढ हुने विश्वास पनि ब्यक्त गरेका छन् ।


Published :१५ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media