आज मिति २०७९ साल पुस १७ गते आइतबार, ई.सं १ जनवरी, २०२३ । तिथि- पौष शुक्लपक्ष दशमी, नक्षत्र- अश्विनी, योग- शिव करण- तैतिल, चन्द्रराशि- मेष, सूर्योदयः ६ः५६, सूर्यास्तः १७ः१८ ।
मेष : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।
वृष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ ।
मिथुन : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।
कर्कट : अन्योलकाबीच लक्षित कार्यमा अवरोध हुनेछ ।
सिंह : मान-सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।
कन्या : दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।
तुला : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
वृश्चिक : आँटेको काम तत्काल बन्ने समय छ ।
धनु : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।
मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।
कुम्भ : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।
मीन : माया प्रेममा सामान्य मनमुटाव हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।