प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

पोखरा ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको छ । आज आयोजित भव्य कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका हुन ।
आइतबार पोखरा विमानस्थलमा यति, बुद्व, सौर्य, गुण एयरलाइन्सले उडान गरेका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले स्वर्गीय रविन्द्र अधिकारीको सपना पूरा भएको बताएका छन् । उनले अहिले ४–५ बजेसम्म चल्दै आएकोमा अब २४ सै घण्टा सञ्चालन गर्न सकिने बताएका छन् ।
विमानस्थल सञ्चालनबाट पोखरामा पर्यटन क्षेत्र उकास्न सहयोग पुग्ने स्थानीयले व्यवसायीहरुले बताएका छन् ।
विमानस्थल उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायतको उपस्थिति रहेको थियो । उद्घाटनका अवसरमा हेलिकप्टरमार्फत् पुष्प वृष्टि गरिएको थियो ।


Published :१७ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media