कम्पाला । युगान्डाको राजधानी कम्पालामा नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रममा भागदौड मच्चिँदा नौ जनाको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन्।
प्रहरीका अनुसार नयाँ वर्षमा आयोजित सङ्गीत कार्यक्रममा सहभागी भएका कैयौँ किशोरीहरू भागदौडमा घाइते भएका थिए । उक्त घटना मध्यरातमा भएको थियो।
कार्यक्रमका उद्घोषकले उपस्थित व्यक्तिहरूलाई आतिशबाजी गर्न प्रोत्साहित गरेपछि भागदौड मच्चिएको थियो । प्रदर्शन समाप्त भएपछि भागदौड मच्चिँदा तत्कालै पाँचजनाको मृत्यु भएको थियो ।