सभामुख र उपसभामुखको निर्वाचन माघ ९ गतेभित्र गर्ने सहमति

काठमाडौं । संघीय संसद्को सभामुख र उपसभामुखको निर्वाचन आगामी माघ ९ गतेभित्र गर्ने विषयमा दलहरू सहमतिमा पुगेका छन् । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच माघ ९ गतेभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्न सहमति भएको हो।

कांग्रेसका मुख्य सचेतक रमेश लेखकले माघ ९ भित्र सभामुख र उपसभामुख चयन गर्न सर्वदलीय बैठकमा लगभग सहमति जुटेको बताए । लेखकले माघ ७ गते सभामुख र माघ ९ गते उपसभामुखको निर्वाचन गर्ने विषयमा सहमति जुटेको बताए ।

संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ मा बोलाइएको छ । बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची छ ।


Published :२२ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media