आज मिति २०७९ पुस २३ गते शनिबार, ई.सं ७ जनवरी, २०२२ । तिथि- माघ कृष्णपक्ष प्रतिपदा, नक्षत्र- पुनर्वशु, योग- ऐन्द्र, करण- वालव, चन्द्रराशि- मिथुन, सूर्योदयः ६ः५८, सूर्यास्तः १७ः२२ ।
मेष : धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।
वृष : राज्य पक्षबाट अनावश्यक झै-झमेला आइलाग्न सक्छ ।
मिथुन : साथीभाइ तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ ।
कर्कट : नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।
सिंह : दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जानेछ ।
कन्या : भाग्यले साथ नदिँदा ठूलो प्रयत्नले पनि इष्टकाम पुरा हुन कठिन छ ।
तुला : व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।
वृश्चिक : व्यापार व्यवसायमा साथीभाइ तथा आफन्तको सहयोग हुनेछ ।
धनु : लगानीबाट अपेक्षित लाभ लिन कठिन हुनेछ ।
मकर : प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ ।
कुम्भ : स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ ।
मीन : अध्ययन तथा अनुसन्धानको क्षेत्रमा वर्चस्व रहनेछ ।