एमाले अध्यक्ष ओलीले बुझे सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले उच्चस्तरीय संयन्त्रलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका संयोजक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा कार्यदलले तयार पारेको ड्राफ्ट संयोजक ओलीलाई बुझाइएको हो ।

पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउन उपप्रधान तथा अर्थमन्त्री पौडेलको नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा नेकपा (माओवादी केन्द्र_बाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशमशेर राणा र जतता समाजवादी पार्टी, नेपालबाट रकम  चेम्जोङ रहेका छन् ।


Published :२३ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media