भोलि बिहान ११ बजे प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि विश्वासको मत लिने भएका छन् । भोलि बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएका हुन् ।

संघीय संसद् सचिवालयका अनुसार भोलिको संसद् बैठकमा प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ । प्रतिनिधसभा निर्वाचनमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार मिलीजुली सरकार बनाउन आग्रह गर्नुभएको थियो । प्रचण्ड १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र स्वतन्त्र ३ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् ।

प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रचण्डले भोलि विश्वासको मत लिन लागेका हुन् ।


Published :२५ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media