पुस २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

काठमाडौं । सरकारले पुस २७ गते सार्वजनिक विदा निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पृथ्वीजयन्तीको अवसरमा पुस २७ गते बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको मन्त्री ज्वाला साहले जानकारी दिइन् ।

‘आजको क्याबिनेट बैठकले पुस २७ गते पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक विदा निर्णय गरेको हो,’ मन्त्री साहले पुष्टि गरिन् ।

सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुनका लागि पुस २७ गते सार्वजनिक विदा हुनुपर्ने शर्त राखेको थियो । सरकारको तर्फबाट सार्वजनिक भएको न्यूनतम साझा कार्यक्रममा पनि पुस २७ गते सार्वजनिक विदा दिने उल्लेख गरेको थियो ।


Published :२५ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media