कांग्रेसले राजनीतिक, संवैधानिक र नैतिक मूल्य गुमाएको संविधानविद् भीमार्जुन आचार्यको प्रतिक्रिया

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिएर राजनीतिक, संवैधानिक र नैतिक सबै मूल्य नष्ट गरेको बताएका छन् ।

कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्दै मत दिने तर प्रतिपक्षमा बस्ने बताएपछि आचार्यले विश्वासको मतको सरकारी लाइनमा उभिनु उसको संवैधानिक धर्म नभएको बताउँदै सामाजिक सञ्जालमा लेखेका छन्- संसदीय शासन प्रणालीमा प्रतिपक्षी पार्टीले परेको बेला वैकल्पिक सरकार दिन सक्ने र सरकारलाई संसद्प्रति जवाफदेही बनाउन सक्ने सामर्थ राखेको हुन्छ। विश्वासको मतको सरकारी लाइनमा उभिनु उसको संवैधानिक धर्म होइन । कांग्रेसले प्रतिपक्षी पार्टीका राजनीतिक,संवैधानिक र नैतिक सबै मूल्य नष्ट ग-यो ।


Published :२६ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media