नेसनल प्याब्सनद्वारा बधाई एवं सम्मान कार्यक्रमको भव्य आयोजना

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन (नेसनल प्याब्सन)ले पुरस्कार वितरण तथा सम्मान कार्यक्रम आयोजना गरेको छ। नेसनल प्याब्सन काठमाडौँ जिल्ला कार्य समितिद्वारा आयोजित उक्त कार्यक्रमको संयोजन तथा व्यबस्थापन बूढानिलकण्ठ नगर कार्य समितिले गरेको थियो।

२५ औ स्थापना दिवसका अवसरमा नेसनल प्याब्सन काठमाडौँ जिल्लाको आयोजना र नेसनल प्याब्सन बूढानीलकण्ठ नगर समितिको व्यवस्थापनमा भएको कार्यक्रम नेपाल सरकारका मन्त्री राजेन्द्र राइको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा बिभिन्न शैक्षिक,प्रशासनिक व्याक्तित्वहरुका साथै जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन तथा सम्मान गरिएको थियो।

कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ४(२) का प्रदेशसभा सदस्य जयराम थापा, बूढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारि, उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछाने,नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमाल लगायत सबै वडाध्यक्षहरुलाइ सम्मान गरिएको थियो।

त्यसैगरी जिल्ला शिक्षा विकास समन्वय इकाई प्रमुख नन्दलाल पौडेल, बूढानिलकण्ठ शिक्षा महाशाखाका अधिकृत इन्द्र दाहाल समेत सम्मानित भएका थिए।

कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य गगन थापा भने अनुपस्थित रहेका थिए।

नेसनल प्याव्सन बुढानिलकण्ठका अध्यक्ष नारायण बाबु तिमल्सिनाले स्वागत मन्तव्य राखेको सो कार्यक्रम बुढानिलकण्ठ -१० को मिलनचोक पार्टी भेन्यु ,कपनमा संचालन गरिएको थियो।


Published :२७ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media