एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार भेटवार्ता भएको छ ।

आज साँझ अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका थिए ।

प्रचण्ड र ओलीबीच मन्त्रालय बाँडफाँट, सभामुखको चुनावलगायतका विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्य सुरु भइसकेको छ । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको संख्या र विभाग बाँडफाँटको लागि अनौपचारिक छलफल भइरहेको छ ।


Published :२७ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media