लुम्बिनीका मुख्यमन्त्री गिरीसहित दुई मन्त्रीद्वारा पद तथा गोपनीयताको सपथ

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई शपथ गराएका हुन् । गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

शपथसँगै मुख्यमन्त्री गिरीले दुईजनालाई बिना विभागिय मन्त्री नियुक्त गरेका छन् ।

नेकपा एमालेका नेता चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसी मन्त्री बनेका छन् । उनीहरुले पनि शपथ लिएका छन् ।


Published :२८ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media