कर्णाली प्रदेशको सभामुख उम्मेदवार खड्क पोखरेल र नन्दा गुरुङ

सुर्खेत । कर्णाली प्रदेश सभामुख पदका लागि कांग्रेसबाट खड्क पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । सुर्खेतको जिल्ला सभापतिसमेत रहेका पोखरेल सुर्खेत (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

त्यस्तै, एमालेबाट सभामुखको लागि उम्मेदवारको नाम टुंगाएको छ । शनिबार एमालेले सभामुखका लागि नन्दा गुरुङको नाम टुङ्गो लगाएको हो । एमाले कर्णाली अध्यक्ष विनोदकुमार शाहले सभामुखका लागि गुरुङको नाम टुङ्गिएको र दिउँसो ४  बजे उम्मेदवारी दर्ता गर्ने तयारी रहेको बताए ।

सत्तारुढ दलको भागबन्डामा कर्णालीको सभामुख एमालेको भागमा परेको छ। उनले भने- उपसभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ। एमालेकी गुरुङ सुर्खेतबाट समानुपातिक प्रदेशसभा सदस्य हुन् ।

 


Published :३० पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media