तराईमा हुस्सु र पहाडमा आंशिक बदली

काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले पहाडी भेगमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ ।

दिउँसो प्रदेश १, मधेसलगायत बागमतीको पहाडी भू-भागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी भेगमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भवना छ भने उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


Published :१ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media