विमान दुर्घटना अपडेटः ३२ जनाको शव निकालियो

काठमाडौं । पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर-७२ विमान दुर्घटना पछि घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए ।

पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।


Published :१ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media