विमान दुर्घटना अपडेटः हालसम्म ३६ शव निकालियो

काठमाडौँ । आइतबार पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा हालसम्म ३६ जनाको शव निकालिएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले सेती नदीको खोचबाट शव निकाल्ने क्रम चलिरहेको र अहिलेसम्म ३६ जनाको शव निकालिएको जानकारी दिए ।

केसीका अनुसार शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

विमानमा नेपाली ५३ जना, भारतीय ५ जना, रुसका ४ जना, आयरल्याण्डका एक, अर्जेन्टिनाका एक, कोरियाका दुई, अष्ट्रेलियाका एक र फ्रान्सका एक जना यात्रु थिए ।


Published :१ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media