इन्डोनेसियामा ६ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण सार्वजनिक हुन बाँकी

जकार्ता । इन्डोनेसियाको सुमात्रा टापुको तटीय क्षेत्रमा सोमबार बिहान ६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु आचे प्रान्तको सिंगकिल सहरबाट ४८ किलोमिटर (३० माइल) दक्षिणपूर्वमा ४८ किलोमिटर गहिराइमा रहेको युएसजीएसले जनाएको छ ।

भूकम्पले पुर्याएको मानवीय क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन ।

एन्डोनेसियाले प्रशान्त महासागरको ‘रिङ अफ फायर’मा रहेको स्थानको कारणले बारम्बार भूकम्प र ज्वालामुखी गतिविधिको अनुभव गर्छ ।

नोभेम्बर २१ मा जाभाको मुख्य टापुको जनसंख्या भएको पश्चिम जाभा प्रान्तमा ५.६ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो क्षति भएको थियो । (एजेन्सी)


Published :२ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media